सचेतनाले सङ्क्रमण दर घट्दै « Khabarhub

सचेतनाले सङ्क्रमण दर घट्दै


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ ।

यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ४० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द