काठमाडौँ– पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ढुंगा, बालुवा, गिट्टी उत्खननका विषयमा आएका प्रतिक्रियाको टिप्पणी गरेका छन् ।
उनले देशभित्र उपलब्ध साधनस्रोतलाई बेचेर नै लाभ लिनुपर्ने बताए ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री बास्कोटाले विभिन्न मुलुकले आफ्नो देशमा भएका खनिजजन्य पद्धार्थ बेचेर धनी भएको बताएका छन् । उनले नेपालले आफ्नो उपलब्ध साधनस्रोतलाई बेच्नु अनौठो नभएको तर्क गरेका छन् ।
वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्ने कुरा बजेटमा प्रष्ट उल्लेख भएपनि विरोधका लागि विरोध भइरहेको उनको टिप्पणी छ ।
उनले भनेका छन्, ‘पुल, सडक, भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने ? साथै पेट्रोलियम, फलाम, ओखती, मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन् । फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन। जुन कुरा अर्थमन्त्रीले भनेकै छन् त ।’
उनले जंगल नटेक्नले नै चुरे दोहनलाई लिएर विरोध गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन् । ‘किन बिरोधमा पापड पेलिरहेका होलान् ? जङ्गल नटेक्नेका कुरा’ उनले ट्वीटरमा लेखेका छन् ।
पुल,सडक,भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने साथै पेट्रोलियम,फलाम,ओखती,मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन।फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन।जुन कुरा अर्थमन्त्रीले भनेकै छन त किन बिरोधमा पापड पेलिरहेका होलान?जङ्गल नटेक्नेका कुरा!
— Gokul Prasad Baskota (@GokulPBaskota) June 4, 2021
प्रतिक्रिया