कोरोना प्रभावित घरधुरीलाई रोजगारी « Khabarhub

कोरोना प्रभावित घरधुरीलाई रोजगारी


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु- दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ ।

दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।

दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै गाउँमा रोजगारीको व्यवस्था मिलाइएको छ ।

युएसआइडीको आर्थिक सहयोग र सेवक नामक गैरसरकारी संस्थाको समन्वयमा कामका लागि नगद कार्यक्रम लागू गरी उनीहरूलाई आफ्नै गाउँमै रोजगारी प्रदान गरिएको हो ।

उनीहरुलाई गाउँकै योजनामा काम दिएर रोजगारीमा लगाइने र काम गरेवापत नगद प्रदान गरिने सेवक संस्थाका अनुगमन मूल्याङकन अधिकृत तेजबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार ठाटीकाध–२ मा रु ४० लाख बराबरको खानेपानी योजना, दुल्लु–१३ मा रु आठ लाखको ग्रामीण सडक सुधार र भैरवी–५ मा रु सात लाख १५ हजार लागतको सिँचाइ कुलो निर्माण योजनामा काम दिएर रोजगारीमा लगाइएको हो ।

गाउँमै रोजगारी पाएपछि कोरोनाबाट समस्या परेका विपन्न परिवार निकै खुशी भएका छन् । कुनै काम नपाउँदा मजदुरीका लागि भारत जाने तयारी गरेको भए पनि गाउँमै रोजगारी पाएपछि अब भारत नजाने स्थानीयवासी हरि नेपालीले बताए ।

उनले भने, “काम नपाउँदा घर खर्च जोहो गर्न मजदुरी गर्न भारत जाने हो, गाउँमै रोजगारी पनि पाउने खानेपानी, सिँचाइ र सडक पनि बन्ने र त्यो बनाएवापत पैसा नि पाइने भएपछि केका लागि भारत जाने ?, यस्तै घर खर्चको जोहो हुने कार्यक्रम आए कोही भारत र विदेश जानु नपर्ने हुन्छ ।”

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ११ : ४० बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै