एनएस क्वालिटी अवार्डबाट सम्मानित शिवम् सिमेन्ट ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध « Khabarhub

एनएस क्वालिटी अवार्डबाट सम्मानित शिवम् सिमेन्ट ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एन.एस.-५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस-५७२ अन्तरगत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।

शिवम् यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोउत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै बिक्री वितरण गर्ने तथा एनएस क्वालिटी अर्वाड-२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ ।

ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरिय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अर्वाड-२०१९ बाट सम्मानित भएको थियो ।

शिवमले गुणस्तरिय उत्पादनकै प्रतिफल स्वरुप फेरि एनएस ५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमती संगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको छ । ‘आजको यस घडीमा शिवम् सिमेन्ट आफुप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने प्रतिवद्धता जाहेर गर्दछ,’ उनले भने ।

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस-४९ प्रामाणिकरण गर्दै आइरहेको थियो । जस अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलव्ध थिए । नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एन.एस.-५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्न एन.एस.-५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह-तहमा चुनढुङ्गा, कच्चा पदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परिक्षण गरी एन.एस.-५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परिक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणिकरण गर्ने प्रक्रिया रहेको छ ।

‘यहाँहरुकै भरोसाले बनेको यो सम्बन्ध युगौं युग अटुट रहिरहने छ प्रतिवद्धता सहित देशको विभिन्न ठुला-ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आˆनो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ,’ कम्पाीले भनेको छ, ‘ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।’

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ३६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा