‘बेल बटम’मा इन्दिरा गान्धी लुक्समा लारा « Khabarhub

‘बेल बटम’मा इन्दिरा गान्धी लुक्समा लारा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता अक्षय कुमारको फिल्म ‘बेल बटम’को ट्रेलर हेरेका दर्शकलाई अभिनेत्री लारा दत्तले ‘सरप्राइज’ दिएकी छन् । सन् १९८४ को घटनामा आधारित एक स्पाई थ्रिलरमा फिल्ममा लाराले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएका छन् ।

फिल्मको ट्रेलरमा पहिलोपटक पूर्व प्रधानमन्त्रीको रुपमा ४६ वर्षीया अभिनेत्रीको अनस्क्रिन ट्रान्सफरमेसनको खुलासा भएको हो । उनको लुक्स देखेर सामाजिक सञ्जाल प्रयोगकर्ता चकित भएका छन् ।

पूर्व मिस युनिभर्स लारालाई फिल्मको ट्रेलरमा गान्धी लुक्समा जोकोहीलाई चिन्न गाह्रो पर्छ । उनी वास्तविक गान्धीको जस्तो देखिएकी छन् ।

ट्वीटरमा प्रयोगकर्ताले अलग अलग किसिमका प्रतिक्रिया दिएका छन् ।

प्रयोगकर्ताले लाराको मेकअप आर्टिस्टको तारिफ गरेका छन् । ती आर्टिस्टलाई राष्ट्रिय अवार्ड दिनुपर्ने उनीहरुको माग छ ।

फिल्ममा अक्षय एक अण्डरकवर ‘र’ एजेण्टको भूमिकामा छन् । अभिनेत्री वाणी कपूर अक्षयको श्रीमतिको भूमिकामा छिन् । फिल्ममा हुमा कुरैशीको पनि अभिनय छ ।

सत्यघटनामा आधारित यो फिल्म अगष्ट १९ बाट थिएटरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : १० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु