अभिनयमा आउदै देल्बिस र राज « Khabarhub

अभिनयमा आउदै देल्बिस र राज


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्ममा पछिल्लो दशकमा सन्तान पुस्ताको आगमन बढ्दो छ । अनमोल केसी, सलोन बस्नेत, निरिशा बस्नेत, मनीष श्रेष्ठ, सारुक ताम्राकारलगायतका युवापुस्ताले आफ्नो अभिभावको बिँडो थाम्दै फिल्ममा पाइला चालिसकेका छन् ।

यही क्रममा अब निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराद्वय देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फे चाँडै फिल्ममा पाइला चाल्दैछन् । अहिले उनीहरु एक म्यूजिक भिडियोको तयारीमा छन् । म्यूजिक भिडियोको अभिनय पछि फिल्ममा आउने उनीहरुको योजना छ ।

निर्माताद्वय दर्शनधारी र राईको निर्माणमा फिल्म ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भई सकेको छ भने नयाँ फिल्मको निर्माणका लागि उनीहरु तयारी अवस्थामा छन् । दुवै फिल्मको निर्माण कम्पनी ट्री मिडियाका अनुसार देल्बिस र राजले फिल्ममा अभिनयको तयारी पनि गरिरहेका छन् ।

उनीहरु अहिले नृत्य र अभिनयको प्रशिक्षण लिइरहेका छन् । आफूहरु फिल्मकर्मीको सन्तान मात्र नभएर अभिनय क्षमता पनि भएर कला क्षेत्रमा आउन लागेको खुलाए । उनीहरु दुवैजना मुभील्याण्ड ग्रुप अफ कम्पनीको बोर्ड अफ डिरेक्टर हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : १३ बजे

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित