‘डाँडाको वरपीपल’ ट्रेलरमा जातीय पीडा « Khabarhub

‘डाँडाको वरपीपल’ ट्रेलरमा जातीय पीडा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःखलाई समेटिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् ।

काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । फिल्म ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ०७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते