‘डाँडाको वरपीपल’ ट्रेलरमा जातीय पीडा « Khabarhub

‘डाँडाको वरपीपल’ ट्रेलरमा जातीय पीडा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःखलाई समेटिएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललगायत फिचर्ड छन् ।

काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म यही असोज २६ गते दशैंको अवसर पारेर रिलिज हुँदैछ । फिल्म ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज हुनेछ ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ०७ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन