सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका | Khabarhub Khabarhub

सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा रहेका अमेरिकी तथा नेटो सैनिकले आउँदो सेप्टेमबरसम्ममा अफगानिस्तान छाड्नेमा तालिवानले आशंका गरेको छ ।

आउँदो सेप्टेम्बर-११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँने बताइएकोमा त्यस समयमा उनीहरु फर्किनेमा तालिवानले आशंका जनाएको हो ।

तालिबानले सबै विदेशी सैनिक समयसीमा भित्रै स्वदेश नफर्किए त्यसबाट निम्तिने परिणामको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर सार्वजनिक भएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।

तालिबानका नेताले बीबीसीलाई जनाएअनुसार समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिइएको हो । तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई नियन्त्रणमा लिने आफूहरुको नीति नरहेको तर विदेशी सेनाकै छाताभित्र रहने कुरा अस्वीकार्य हुने बताएका छन् ।

२० वर्षदेखि अफगानिस्तानमा जारी रहेको अमेरिका र नेटोको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : १० बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।