‘द फेमिली मेन’ पछि मनोजले बढाए पारिश्रमिक « Khabarhub

‘द फेमिली मेन’ पछि मनोजले बढाए पारिश्रमिक


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– फिल्ममा आफ्नो दमदार अभिनयका अलावा अभिनेता मनोज बाजपेयीले डिजिटल दुनियाँमा पनि दर्शकको मन जितेका छन् । वेब सिरिज ‘द फेमिली मेन’ को लगातार सफलताले उनको करियरमा एउटा नयाँ इँटा थपेको छ ।

यो सिरिजको सफलताका कारण अभिनेताले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । उनले ‘द फेमिली मेन सिजन २’का लागि निर्माताबाट निकै महंगो पारिश्रमिक बुझेका छन् । उनले आफूले पैसा नमागेर नै निर्माताले बढी रकम दिएको दाबी गरेका छन् ।

‘मैले यो उद्योगमा करिब २६ वर्ष बिताएको छु । सानोतिनो पहिचान त मैले २२–२३ वर्षमा नै पाएको छु । अहिले मलाई निर्माताहरुले आफूले पारिश्रमिक नमागी नै बढी पैसा दिने गरेका छन् । यो सुविधा मलाई कैयौं वर्षदेखि मिलिरहेको छ । त्यसकारण यो मेरो लागि नयाँ विषय होइन । मैले अहिले मेरो पारिश्रमिक माग्नै पर्दैन् । उहाँहरु आफैं बढाएर दिइरहनुभएको छ’, उनले भनेका छन् ।

‘द फेमिली मेन’ सिरिजट सुपरहिट भएपछि मनोजले फिमेल को–स्टार र निर्देशक भन्दा बढी पारिश्रमिक बुझेका छन् । मनोज अहिले सिरिजको तेस्रो संस्करणको तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : ५० बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान