‘बिग बोस १५’लाई छानिए यी अनुहार « Khabarhub

‘बिग बोस १५’लाई छानिए यी अनुहार


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खानको विवादास्पद रियालिटी शो ‘बिग बोस १५’ यतिबेला बलिउडमा चर्चाको विषय बनेको छ । यो शोका लागि हालसम्म कैयौं कलाकारको नाम जोडिएको छ । तर शोका लागि नौ कलाकार फाइनल भएका छन् ।

‘इण्डियन आइडल’मा सहभागी भइसकेका अमित टण्डन आफ्नो पहिचान पाउन अझै पनि बलिउडमा संघर्षरत छन् । अमितलाई ‘बिग बोस १५’को प्रस्ताव आउँदा उनले यसलाई अस्वीकार गरेनन् ।

टेलिभिजन अभिनेत्री नेहा मारदाको नाम सलमानको यो शोमा लामो समयदेखि जोडिएको छ । निर्माताले पनि यो शोमा नेहा जोडिन लागेको स्वीकारेका छन् । उनी चाँडै शोमा आफ्नो धमाकेदार इन्ट्री गर्दैछिन् ।

टेलिभिजनकी अभिनेत्री रिद्धिमा पण्डितले पनि शोको अफरलाई स्वीकार गरेकी छन् । चाँडै नै रिद्धिमा यो शोमा आफ्नो अभिनय क्षमता देखाउदैछिन् ।

‘ये दिल आशिकाना’मा अभिनय गरिसकेका करण नाथ पनि सलमानको यो लोकप्रिय शोमा आफूलाई उपस्थित गराउदैछन् ।

दिव्या अग्रवालले पछिल्लो तीन वर्षदेखि निर्माताले लगातार प्रस्ताव गरिरहेका छन् । यसपटक भने उनले ग्रीन सिग्नल दिएकी छन् ।

अर्जुनका साथ सना मकबूलले पनि रोहित शेट्टीको स्टण्ड बेस्ट रियालिटी शोमा सहभागिता जनाइसकेकी छन् । यो शो पछि सना ‘बिग बोस १५’को हिस्सा बन्दैछिन् ।

हालका दिनमा अर्जुन रोहित शेट्टीको शो ‘खतरों के खेलाडी ११’मा देखिँदैछन् । कलर्स च्यानलले अर्जुनलाई ‘बिग बोस १५’ फाइनल गरेको छ ।

गायिका नेहा भसीनलाई निर्माताले ‘बिग बोस १५’मा प्रस्ताव गरेका छन् । उनीहरुको प्रस्तावलाई गायिका सहर्ष स्वीकार गरेकी छन् ।

‘कुमकुम भाग्य’ अभिनेत्री जीशान खान पनि ‘बिग बोस १५’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने