रिहाना बनिन् विश्वकै अर्बपति महिला संगीतकर्मी « Khabarhub

रिहाना बनिन् विश्वकै अर्बपति महिला संगीतकर्मी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– हलिउड पपस्टार रिहानाका फ्यानका लागि एउटा खुशीको खबर छ । ३३ वर्षीया यी गायिका अहिले अर्बपति बनेकी छन् । फोब्र्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् ।

उनको नेट कमाई १ दशमलब ७ मिलियन डलर छ । फोब्र्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत होइन । उनको फेन्टी ब्यूटी कस्मेटिक्स लाइनमा ५० प्रतिशत हिस्साबाट १ दशमलब ४ बिलियन डलरको आम्दानी भएको छ ।

उनको कमाईको बाँकी हिस्सा रिहानाको सेभेज एक्स फेन्टी लिंगरी कम्पनीको हिस्साबाट आउछ । यसबाहेक उनको कमाईको हिस्सा गायन र अभिनयबाट आएको हो ।

रिहानाको ब्यूटी कम्पनी निकै लोकप्रिय छ । यो ब्राण्ड ५० स्किन टोनको फाउण्डेसनको रेञ्जलाई प्रस्ताव गर्दछ । यसमा कालो वर्णका महिलाको स्किन टोनको रंग पनि जोडिएको छ । यसलाई रिहानाले सन् २०१७ मा सार्वजनिक गरेकी थिइन् । यसअघि डार्क स्किन टोनको रेञ्जलाई सजिलै पाउन निकै मुस्किल थियो ।

रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । सन् २०१७ मा उनले लग्जरी गुड्स कम्पनी एलभीएमएचसँग साझेदारीमा फेन्टी ब्यूटी कम्पनी सार्वजनिक गरेकी थिइन् ।

फोब्र्सको सूचीमा सबैभन्दा धनी इन्टरटेनरको सूचीमा ओप्रा विन्फ्रेपछि रिहाना दोस्रो नम्बरमा छिन् ।

रिहानाले आफ्नो करियरको सुरुवात १७ वर्षको उमेरमा गरेकी थिइन् । उनको पहिलो म्यूजिक एलबम ‘म्यूजिक अफ द सन’ र ‘अ गर्ल लाइक मीले संगीत क्षेत्रमा एउटा रेकर्ड नै बनाएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १ : ०५ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान