यथाशक्य सरकारलाई पूर्णता दिनुपर्छ : डा. महत « Khabarhub

यथाशक्य सरकारलाई पूर्णता दिनुपर्छ : डा. महत


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताए ।

उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्नेपनि धारणा राखे ।

त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि उनले बताए । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने पूर्वमन्त्री समेत रहेका महतको भनाइ छ । महतले राजनीतिक नियुक्ति गर्दा योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए ।

डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताए ।

अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ ।

तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १० : ०१ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु