बर्सेनि भासिन्छ पोखराको जमिन | Khabarhub Khabarhub

बर्सेनि भासिन्छ पोखराको जमिन



पोखरा– सात वर्षअघि पोखराको अर्मलामा जमिनमा ठूला ठूला भ्वाङ् परे । जमिन भासिएर ठूला ठूला भ्वाङ् परेपछि स्थानीयबासी त्रसित बने ।

दुई साताअघि पोखराको मुख्यबजार महेन्द्रपुलमा सडक भासियो । सडक पेटीसहितको भाग भासिएर एउटा घरमासमेत क्षति पुगेको थियो ।

गत साता नै पोखराकै लेकसाइडस्थित जरेवर नजिक घरको बलेसी भासिएर भित्रैसम्म भ्वाङ परेको थियो ।

बुधबारको वर्षापछि फेरि पोखरा महानगरपालिका ३ नदीपुरमा जमिन भासियो । जमिन भासिएर सो ठाउँको तीन वटा घरमा क्षति पुग्यो ।

स्थानीय देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षति पुग्नुका साथै घर अगाडि आँगनमै भ्वाङ परेर गेट भत्कियो । सडकको बीचसम्म नै जमिन चर्किएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबीन्द्रबहादुर प्रजुले सबै बैकल्पिक उपाय अपनाइएर थप क्षति हुन नदिएको बताए ।

अर्मलामा जस्तै गरी जमिन भासिएर ठूला ठूला भ्वाङ नपरे पनि पोखरामा विभिन्न ठाउँमा बर्सेनि जमिन भासिने समस्या कायमै छ ।

खासगरी पोखरा नेपालकै सबैभन्दा बढी पानी पर्ने शहर पनि हो । पहिलेको तुलनामा पानी कम परे पनि अधिकांश समय पोखरामा फाटफुट भए पनि पानी परि नै रहन्छ ।

देशकै सबैभन्दा बढी पानी पर्ने शहर भए पनि आकाशबाट परेको पानी भने खासै जमेको पनि देखिदैन । जमिनले तत्कालै पानी सोस्ने भएकाले खासै पानी जमेको भेटिदैन ।

पोखरामा वर्षा हुँदा जमिन भासिने समस्या देखिने गरेको पोखरेलीहरू बताउँछन् ।

अन्नपूर्ण चौँथो हिमालमा करिब १२ हजार वर्षअघि आएको बाढीले बगाएर ल्याएको ढुंगा, माटोको गेग्य्रान थुप्रिएर पोखरा उपत्यका बनेको ऐतिहासिक तथ्यहरूमा उल्लेख छ ।

पोखरामा सेती नदी जमिनको भित्रभित्रै भएर बगेको छ भने पोखराको जमिनभित्र चट्टानको बीचमा चुन माटो रहेको छ । चुनले पानी छिट्टै सञ्चित गर्ने भएकाले जमिनले पानी सोरेर चुनमा घुलिएर चुनको लेदो बन्ने गरेको भूगर्वविद्हरू बताउँछन् ।

भूगर्वविद्हरूकाअनुसार, वर्षाको पानीले चुनको लेदो बगाउँदा जमिन कमजोर भइ जमिन भासिने गरेको छ ।
यतिमात्र होइन, पोखरामा गुफा, सुरुङ तथा छाँगाहरू प्रशस्त रहेका छन् ।

यिनै गुफा र छाँगाहरूले पोखराको सौन्दर्यमात्रै बढाएको छैन, यहाँको पर्यटन क्षेत्रमा विकास भएको छ । तर यस्ता प्राकृतिक सौन्दर्यसँगै प्राकृतिक प्रकोपको जोखिम पनि उत्तिकै रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ५९ बजे

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको