‘बुलबुल’ पछि ‘रबर सिटी’ बनाउदै विनोद « Khabarhub

‘बुलबुल’ पछि ‘रबर सिटी’ बनाउदै विनोद


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१९ मा फिल्म ‘बुलबुल’ निर्देशन गरेर राष्ट्रिय अवार्ड जितेका निर्देशक विनोद पौडेलले दोस्रो फिल्म ‘रबर सिटी’ घोषणा गरेका छन् ।

फिल्ममा ‘बुलबुल’का निर्माता अविरल थापाकै लगानी रहनेछ । उनका अनुसार आगामी मार्चमा यसको सम्पूर्ण छायांकन अमेरिकामै हुनेछ । फिल्ममा थापासँगै राजु पौडेल ,भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । निर्माण पक्षले पाँच लाख डलर लगानी हुने दाबाी गरेको छ ।

फिल्मका लागि हालसम्म अभिनेता सशांक मैनाली र राधा लम्साल ‘भावु’ फाइनल भइसकेका छन् । बाँकी कलाकार नयाँ हुने निर्देशक पौडेलले बताए । निर्देशक पौडेलका अनुसार फिल्मले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

फिल्मको कथा पटकथा पनि निर्देशक पौडेलले नै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले यसको छायाकन गर्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ४५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र