स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ « Khabarhub

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट एकजना स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो ।

प्रहरीले सो पसलमा ठूलो परिणाममा स्रोत नखुलेको रकम रहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले एक हजार दरका १ सय नोट रहेका ४९ बण्डल र ५ सय दरका १०० नोट रहेका ४१ बण्डल रुपैयाँ फेला पारेको थियो ।

प्रहरीले सो रकमको स्रोत खुलाउन भने पनि स्रोत खुलाउन नसकेपछि सो पसलका म्यानेजर खनाललाई नियन्त्रणमा लिएको हो । प्रहरीे थप अनुसन्धानका लागि खनाललाई सम्पत्ति सुद्धीकरण विभागलाई बुझाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ५७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल