एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि | Khabarhub Khabarhub

एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रिस्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको छानविन क्रममा युएन शाखाका एसपीको घर्राबाट प्रश्नपत्र चोरी भएको पुष्टि भएको छ ।

डिआईजी वसन्त लामा नेतृत्वको छानविन समितिका एक सदस्यका अनुसार युएन शाखाका एसपी अनुपम शमशेर राणाको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले साउन १३ गते साँझ ८ बजे प्रश्नपत्र निकालेको पुष्टि भएको हो ।

ती सदस्यले खबरहबसँग भने, ‘प्रि–स्याट’को प्रश्नपत्र एसपी राणाको घर्रारामा राखिएको रहेछ, एसपी राणा घर्राको चावि लगाएर हिडिसकेपछि कार्यालय सहयोगी सुरेश बमले अर्को चावि प्रयोग गरेर साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको खुलेको छ । यो विषयमा थप छानविन गर्दैछौँ।’

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ

छानबिन समितिका ती सदस्यका अनुसार छानविनका क्रममा सुरेशले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई दिएको बयान दिएका छन् ।

छानविनसहितले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग पनि बयान लिएको छ । बयानका क्रममा शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन् । समितिका सदस्यले खबरबसँग भने, ‘हामी सँगको बयानका क्रममा हबल्दार शाहले डिएसपी खड्कालाई प्रश्नपत्र दिएको स्वीकारेका छन् ।’

हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले नक्सालस्थित प्रहरी गण नम्बर–१ को आन्तरिक थुनामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले छनविन भइरहेको र छानविन सकिएपछि यथार्थ बाहिर आउने बताए । खबरहब सँग कुरा गर्दै एसएसपी कुँवरले भने, ‘प्रश्न पत्र लिक भएको सम्बन्धमा अहिले ‘छानबिन जारी छ, छानबिन सकिएपछि दोषी भेटिए सोही अनुसार कारवाही हुन्छ ।’

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : १६ बजे

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

काठमाडौं– घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक

मेलम्चीको अवरोध हटाउन कुलमानले गरे हेलम्बुका अध्यक्षसँग वार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप