कक्षा १२ को परीक्षा स्थगितको सम्भावना बढ्यो, भोलि बोर्ड बैठक बस्दै « Khabarhub

कक्षा १२ को परीक्षा स्थगितको सम्भावना बढ्यो, भोलि बोर्ड बैठक बस्दै


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–आगामी असार ३१ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा सर्ने सम्भावना बढेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र आफैले यसअघि परीक्षा सञ्चालनको लागि दिएको मोडालीटिमा नै पुनर्विचार गर्न भन्दै पत्र पठाएकाले परीक्षा सर्ने लगभग निश्चित भएको शिक्षा मन्त्रालय स्रोतले जनाएको हो ।

कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएकाले कक्षा १२ को परीक्षा तालिका र मोडालिटीमा पुनर्विचार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) लाई पत्र पठाएको र उक्त पत्रलाई सीसीएमसीले शिक्षा मन्त्रालयमा पठाएको हो ।

सीसीएमसीले पठाएको पत्रमा परीक्षाको समय तालिकामा पुनर्विचार गर्नुपर्ने उल्लेख भएकाले उक्त पत्रलाई शिक्षा मन्त्रालय मार्फत बोर्डमा पठाइको शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीहरुलाई खोप दिएर मात्र विद्यार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ ।

उक्त समितिले निर्देशन दिएपछि शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर विद्यार्थीलाई खोप लगाईदिन आग्रह गरेको छ । तर परीर्थीको संख्या धेरै भएकाले स्वास्थ्य मन्त्रालयले एकै पटक सबैलाई खोप दिन सक्ने अवस्था छैन ।

खोप नदिएपछि परीक्षार्थीहरुलाई भौतिक परीक्षामा राख्न पनि नसकिने भएकाले परीक्षा स्थगित हुने सम्भावना बढेको उनले बताए ।

सीसीएमसीले भौतिक उपस्थितिमा परीक्षा लिन सक्ने अवस्था नदेखिएकाले परीक्षा तालिका र मोडालीटीमा पुनर्विचार गर्न भन्दै पत्र पठाएको उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाएको छ । बोर्डका अनुसार यस वर्ष १२ कक्षाको परीक्षा दिन ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ, निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु।’

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : २२ बजे

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर