कक्षा १२ को परीक्षा स्थगितको सम्भावना बढ्यो, भोलि बोर्ड बैठक बस्दै « Khabarhub

कक्षा १२ को परीक्षा स्थगितको सम्भावना बढ्यो, भोलि बोर्ड बैठक बस्दै


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–आगामी असार ३१ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा सर्ने सम्भावना बढेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र आफैले यसअघि परीक्षा सञ्चालनको लागि दिएको मोडालीटिमा नै पुनर्विचार गर्न भन्दै पत्र पठाएकाले परीक्षा सर्ने लगभग निश्चित भएको शिक्षा मन्त्रालय स्रोतले जनाएको हो ।

कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएकाले कक्षा १२ को परीक्षा तालिका र मोडालिटीमा पुनर्विचार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) लाई पत्र पठाएको र उक्त पत्रलाई सीसीएमसीले शिक्षा मन्त्रालयमा पठाएको हो ।

सीसीएमसीले पठाएको पत्रमा परीक्षाको समय तालिकामा पुनर्विचार गर्नुपर्ने उल्लेख भएकाले उक्त पत्रलाई शिक्षा मन्त्रालय मार्फत बोर्डमा पठाइको शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीहरुलाई खोप दिएर मात्र विद्यार्थीलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ ।

उक्त समितिले निर्देशन दिएपछि शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर विद्यार्थीलाई खोप लगाईदिन आग्रह गरेको छ । तर परीर्थीको संख्या धेरै भएकाले स्वास्थ्य मन्त्रालयले एकै पटक सबैलाई खोप दिन सक्ने अवस्था छैन ।

खोप नदिएपछि परीक्षार्थीहरुलाई भौतिक परीक्षामा राख्न पनि नसकिने भएकाले परीक्षा स्थगित हुने सम्भावना बढेको उनले बताए ।

सीसीएमसीले भौतिक उपस्थितिमा परीक्षा लिन सक्ने अवस्था नदेखिएकाले परीक्षा तालिका र मोडालीटीमा पुनर्विचार गर्न भन्दै पत्र पठाएको उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाएको छ । बोर्डका अनुसार यस वर्ष १२ कक्षाको परीक्षा दिन ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ, निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँदछु।’

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : २२ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग