जन्मदिनमा सुप्रियासँग इन्गेज्ड भए निर्देशक सुदर्शन « Khabarhub

जन्मदिनमा सुप्रियासँग इन्गेज्ड भए निर्देशक सुदर्शन


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रेमकथा फ्लेभरका फिल्मका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले लाजिम्पाटस्थित होटल र्याडिसनमा पारिवारिक माहौलमा इन्गेजमेन्ट गरेका हुन् ।

निर्देशक सुदर्शनको आज जन्मदिन हो । यही मौकामा उनले लामो समयदेखिकी प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका हुन् । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । पछिल्लो समय यता सुष्मा र पुजा अलग–अलग बाटो लागिसकेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ५८ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी