‘नियुफ’मा ‘बुलबुल’देखि ‘को–हसबेन्डस’सम्म « Khabarhub

‘नियुफ’मा ‘बुलबुल’देखि ‘को–हसबेन्डस’सम्म


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले ‘नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१)’ भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत गर्ने भएको छ । महोत्सवको यो दशौं संस्करण आगामी असोज १ देखि ९ सम्म हुनेछ । जहाँ विभिन्न पुरस्कार जित्न सफल १५ फिल्म तथा अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन् ।

डेलिगेशनको कार्यवाहक राजदुत स्टेफेन माइकनले महामारीको स्थितिमा नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवद्र्धधनमा नेपाली तथा युरोपेली फिल्महरूको अनलाइन प्रदर्शनी गरेको बताए ।

महोत्सवमा विभिन्न पुरस्कार जितेका ११ युरोपेली फिल्महरू देखाइनेछन् । यीमध्ये दुई फिल्ममा नेपाली भाषामा सबटाइटल राखिएका छन् । महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खन्दो’ तथा सर्जियो बास्सो निर्देशित ‘सरीता’ देखाइनेछ ।

त्यस्तै महोत्सवमा नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय ‘आई क्यान नट् गिभ यू माई फरेस्ट’ देखाइनेछ । यो फिल्म उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत छ ।

गणेश पाण्डे निर्देशित ‘को–हसबेन्डस्’ तथा राजन कठेत निर्देशित ‘स्प्लिट् एन्ड्स्’ गरी दुई सर्ट फिल्म पनि देखाइनेछ । रादु कोर्निसिसुको ‘वल्र्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको ‘अकासा माई होम’नामक वृत्तचित्र प्रदर्शन हुनेछ ।

युरोपेली फिल्म ‘हर जब’ पनि नेपाली भाषाको सबटाइटल राखिएको छ । यो फिल्म निर्देशक लेबोटको पहिलो फिचर फिल्म हो, जसलाई ४३ औँ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको डिस्कभरी खण्डमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

यसपटक महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्म समावेश गरिएको छ । ‘फायरफक्स् गार्डियन’ शीर्षक भएको एउटा छोटो वृत्तचित्रले पूर्वी नेपालकी एक स्थानीय महिला संरक्षणवादीको कथा देखाउनेछ ।

फेस्टिभलमा ‘लैंगिक समानता’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ । प्रतियोगिताका लागि फिल्महरू बुझाउने समयसीमा भाद्र १५ सकिएको छ र हाल ती फिल्महरूको मूल्यांकन भैरहेको छ । त्यसमा विजेता हुने फिल्मले ५ सय युरोको नगद पुरस्कार पाउने छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : २४ बजे

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले