‘नियुफ’मा ‘बुलबुल’देखि ‘को–हसबेन्डस’सम्म « Khabarhub

‘नियुफ’मा ‘बुलबुल’देखि ‘को–हसबेन्डस’सम्म


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले ‘नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ २०२१)’ भर्चुअल स्ट्रिमिङ प्लाटफर्म ‘फेस्टिभल स्कोप’ मार्फत गर्ने भएको छ । महोत्सवको यो दशौं संस्करण आगामी असोज १ देखि ९ सम्म हुनेछ । जहाँ विभिन्न पुरस्कार जित्न सफल १५ फिल्म तथा अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन् ।

डेलिगेशनको कार्यवाहक राजदुत स्टेफेन माइकनले महामारीको स्थितिमा नेपाल तथा युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवद्र्धधनमा नेपाली तथा युरोपेली फिल्महरूको अनलाइन प्रदर्शनी गरेको बताए ।

महोत्सवमा विभिन्न पुरस्कार जितेका ११ युरोपेली फिल्महरू देखाइनेछन् । यीमध्ये दुई फिल्ममा नेपाली भाषामा सबटाइटल राखिएका छन् । महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खन्दो’ तथा सर्जियो बास्सो निर्देशित ‘सरीता’ देखाइनेछ ।

त्यस्तै महोत्सवमा नन्दन सक्सेना तथा कविता भालद्वारा निर्देशित भारतको वातावरणीय ‘आई क्यान नट् गिभ यू माई फरेस्ट’ देखाइनेछ । यो फिल्म उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत छ ।

गणेश पाण्डे निर्देशित ‘को–हसबेन्डस्’ तथा राजन कठेत निर्देशित ‘स्प्लिट् एन्ड्स्’ गरी दुई सर्ट फिल्म पनि देखाइनेछ । रादु कोर्निसिसुको ‘वल्र्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ तथा सनडान्डस् फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन गरिएको ‘अकासा माई होम’नामक वृत्तचित्र प्रदर्शन हुनेछ ।

युरोपेली फिल्म ‘हर जब’ पनि नेपाली भाषाको सबटाइटल राखिएको छ । यो फिल्म निर्देशक लेबोटको पहिलो फिचर फिल्म हो, जसलाई ४३ औँ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको डिस्कभरी खण्डमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

यसपटक महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्म समावेश गरिएको छ । ‘फायरफक्स् गार्डियन’ शीर्षक भएको एउटा छोटो वृत्तचित्रले पूर्वी नेपालकी एक स्थानीय महिला संरक्षणवादीको कथा देखाउनेछ ।

फेस्टिभलमा ‘लैंगिक समानता’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ । प्रतियोगिताका लागि फिल्महरू बुझाउने समयसीमा भाद्र १५ सकिएको छ र हाल ती फिल्महरूको मूल्यांकन भैरहेको छ । त्यसमा विजेता हुने फिल्मले ५ सय युरोको नगद पुरस्कार पाउने छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : २४ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने