बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो) « Khabarhub

बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयले बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ ।

सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुनौलो बग्गी प्रदर्शनीको उद्घाटन गरे। उक्त सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ ।

वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिएको छ । नेपालमा राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता सामाग्री चरणचरणमा सार्वजनिक गरिँदै आएका छन् ।

कार्यक्रममा सचिव कोइरालाले राजा महाराजाले प्रयोग गरेका बग्गी, सवारीसाधानलगायतका बस्तुलाई क्रमशः प्रदर्शनमा राख्ने बताए। ऐतिहासिक महत्वको क्षेत्र नारायणहिटीलाई थप अनुसन्धान खोजका लािग मास्टर प्लान बनाएर नै अघि बढ्ने योजना रहेको उनले बताए ।

त्यस्तै नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले २०७८ सालको निजामति सेवा दिवसका अवसरमा सुनौलो बग्गी प्रदर्शनी गरिएको बताए । उनले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरेको उक्त बग्गी जस्तै अर्को बग्गी बेलायतको राजदरबार बकिंघम दरबारमा रहेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग छ । दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : २६ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’