सगरमाथा बेस क्याम्पमा पुरा हुनेछ ‘उचाइ’को छायांकन « Khabarhub

सगरमाथा बेस क्याम्पमा पुरा हुनेछ ‘उचाइ’को छायांकन


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पारिवारिक फिल्म बनाउन पोख्त बलिउड निर्माता सुरज बडजात्या यतिबेला चार साथीको कथा समेटिएको फिल्म ‘उचाइ’को नेपालमा छायांकन गरिरहेका छन् । सर्वाधिक उचाइमा रहेको हिमालय पर्वत श्रृंखलाको ट्रेकिङमा निस्किएका चार साथीहरु बोमन इरानी अनुपम खेर, अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको आत्मियतालाई फिल्मले देखाउने छ ।

१३ हजार फिटको उचाइमा खिचिने फिल्ममा अभिनेत्री परिणीति चोपडा टुरिस्ट गाइडको भुमिकामा देखिँदैछिन् । फिल्मको लागि बोमन, परिणीति र अनुपम नेपाल आइसकेपनि अमिताभ र डेनी भने केही समयपछि आउनेछन् ।

फिल्मको नेपालतर्फका लाइन प्रोड्युसर सुरज आचार्यले दैनिक भास्करसँगको कुराकानीमा फिल्मको सुटिङबारे विस्तृत जानकारी दिएका छन् । ‘फिल्मको सुटिङ चार अक्टोबरबाट सुरु भएको छ । यसको पहिलो सुटिङ तालिका काठमाडौंको छ । यहाँ दुई दिन छायांकन गर्छौ । मंगलबार फिल्मको एक प्रमुख सिक्वेन्स काठमाडौं एयरपोर्टमा गरेका छौं । हामी तीन दिनका लागि लुक्ला जाँदैछौं’, सुरजले भनेका छन् ।

सुरजले फिल्ममा चार साथीहरुको ‘एडभेञ्चर ट्रिप’ देखाउनका लागि विश्वकै सबैभन्दा खतरनाक एयरपोर्टका रुपमा परिचित लुक्लालाई छनोट गरिएको खुलाए । ‘यहाँ अक्टोबर ६ देखि ९ सम्म परिणीति चोपडा, बोमन इरानी, अनुपम खेर, सारिका र नीना गुप्ताको दृश्य खिचिनेछ’, सुरजले अगाडि भनेका छन् ।

लुक्ला पछि फिल्मको टिम नाम्चे पुग्नेछ । जसको उचाइ ४ हजार मिटर अर्थात १३ हजार फिटको छ । यहाँ अक्टोबर १८ सम्म सुटिङ हुनेछ । सुरजका अनुसार नाम्चेपछि टोली मनाङ पुग्नेछ ।

फिल्म निर्माताले समुन्द्र सतहदेखि आठ हजार मिटर अर्थात् २६ हजार फिटको उचाइमा सुटिङ गर्ने उद्देश्य राखेका छन् । जसमा अन्नपूर्णका अलावा सगरमाथा बेस क्याम्प पनि पर्छ । चार साथीहरु सगरमाथाको आधार शिविर पुगेपछि फिल्मको दृश्य पुरा हुनेछ ।

यो फिल्मका लागि १ सय ५० जनाको टोली मुम्बईबाट चार्टड विमानमा काठमाडौं आएका छन् । फिल्ममा नेपालबाट प्राविधिक, गाइड, टुरिस्ट गाइड र कलाकार गरी ३ सय ५० जना जोडिएका छन् । जम्मा पाँच सयजना आबद्ध फिल्मका लागि राजश्री प्रोडक्सनले एक महिना अवधिमा अधिकतम आठ करोड रुपैंयाँसम्म खर्च गर्दैछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : ५७ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन