दुई वर्षमा सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’ « Khabarhub

दुई वर्षमा सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीको चपेटामा परेको फिल्म ‘विच्छेद’को छाया‌कन दुई वर्षमा पुरा भएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउनका कारण रोकिएको थियो ।

निर्देशक सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र लक्ष्मी बर्देवा प्रमुख भूमिकामा अभिनय रहेको छ । यसअघि यो जोडीले फिल्म ‘बुलबुल’मा सहकार्य गरेका थिए ।

राज पण्डित, सुबास राई र साबी बज्राचार्य निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

संकल्प भुजेल छायांकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले बताए। फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ ।

फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ११ : २९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी