डिएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार | Khabarhub Khabarhub

डिएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ ।

फिल्मका निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता भएको छ । निर्माता अधिकारीले हालसम्मकै महंगोमा डिजिटल राइटस बिक्री भएको दाबी गरे पनि कति रकममा बिक्री भएको हो भन्ने केही खुलाउन चाहेनन् ।

उनका अनुसार फिल्मको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ । फिल्म भारतका विभिन्न शहरमा रहेका थिएटरमा नेपाली भाषामा समेत रिलिज गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीपका अलावा रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । फिल्मले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ । फिल्मको रिलिज मिति सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ३० बजे

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी– नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति