आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास « Khabarhub

आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माता लक्ष्मीलाई हिन्दुहरु धन तथा सुन्दरताकी देवीका रुपमा पुज्दछन् । उनको आराधना गरे धनधान्यमा वृद्धि हुने तथा सम्पन्नता बढ्ने विश्वास गरिन्छ । लक्ष्मीको आराधना गर्न शुक्रबार उत्तम मानिन्छ ।

१. शुक्रवार माता लक्ष्मीको दिन मानिन्छ । त्यसैले यस दिन उनको पूजा गरे भक्तको मनोकामना पुरा हुने धार्मीक विश्वास गरिन्छ ।

२. घरमा लक्ष्मीको पूजा गर्दा गाईको घिउको दियो बाल्नु पर्ने मान्यता छ । यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ ।

३. पौराणिक मान्यता अनुसार शंख, अमला र सेतो वस्तुमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले शुक्रबार यी सामग्रीको पूजा गर्नु पर्दछ ।

४. शुक्रवार लक्ष्मीलाई खीर वा सेतो बर्फीको भोग लगाएर पुजाकर्ताले प्रसादका रूपमा ग्रहण गरे लक्ष्मी कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

५. शुक्रवार लक्ष्मीको पूजा पश्चात ’ॐ श्रींह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ॐ महालक्ष्मी नमः ।।’ को जप गरे सौभाग्य वृद्धि हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ५९ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।