आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास « Khabarhub

आजको पूजाआजाले लक्ष्मीको कृपा प्राप्त हुने विश्वास


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माता लक्ष्मीलाई हिन्दुहरु धन तथा सुन्दरताकी देवीका रुपमा पुज्दछन् । उनको आराधना गरे धनधान्यमा वृद्धि हुने तथा सम्पन्नता बढ्ने विश्वास गरिन्छ । लक्ष्मीको आराधना गर्न शुक्रबार उत्तम मानिन्छ ।

१. शुक्रवार माता लक्ष्मीको दिन मानिन्छ । त्यसैले यस दिन उनको पूजा गरे भक्तको मनोकामना पुरा हुने धार्मीक विश्वास गरिन्छ ।

२. घरमा लक्ष्मीको पूजा गर्दा गाईको घिउको दियो बाल्नु पर्ने मान्यता छ । यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ ।

३. पौराणिक मान्यता अनुसार शंख, अमला र सेतो वस्तुमा माता लक्ष्मीको वास हुन्छ । त्यसैले शुक्रबार यी सामग्रीको पूजा गर्नु पर्दछ ।

४. शुक्रवार लक्ष्मीलाई खीर वा सेतो बर्फीको भोग लगाएर पुजाकर्ताले प्रसादका रूपमा ग्रहण गरे लक्ष्मी कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

५. शुक्रवार लक्ष्मीको पूजा पश्चात ’ॐ श्रींह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ॐ महालक्ष्मी नमः ।।’ को जप गरे सौभाग्य वृद्धि हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ५९ बजे

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम