मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा राजीनामा दिँदै मन्त्रीहरू « Khabarhub

मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा राजीनामा दिँदै मन्त्रीहरू


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा बहालवाला मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।

स्वास्थ्य मन्त्री हर्षवर्धन र शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले आज राजीनामा दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यसअघि श्रम मन्त्री सन्तोष गंगवारले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री मोदीले आज साँझ केन्द्रीय मन्त्रिपरिषदमा ब्यापक फेरबल गर्दै छन् ।

आज साँझ नयाँ ४३ जना मन्त्रीले सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।

मोदीको नयाँ मन्त्रिपरिषदमा १३ जना महिला अनुहार हुने भएका छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम हुने जनाइएको छ । मन्त्रिपरिषदमा १८ पूर्वराज्य मन्त्री सहभागी हुने जनाइएको छ । जसमा चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।

मोदीले दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ४० बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट