भारतको मन्त्रिपरिषद पुनर्गठन, ४३ मन्त्रीले लिए सपथ « Khabarhub

भारतको मन्त्रिपरिषद पुनर्गठन, ४३ मन्त्रीले लिए सपथ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।

मोदीको नयाँ मन्त्रिमण्डलमा १२ जना महिला अनुहार छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री भएका छन् ।

नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर छन् । क्याबिनेटमा अधिकांश युवाहरू र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।

मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।

दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । यसपटक मोदीले सबैभन्दा बढी मन्त्री मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।

यसअघि सन् २०१४ मा पहिलोपटक गठन गरिएको मन्त्रिमण्डलमा ७ र २०१९ मा ६ महिला मन्त्री बनेका थिए । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् । प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नु पूर्व १२ जना मन्त्रीले राजीनामा दिएका छन् ।

नयाँ मन्त्रीहरुको सूची :
नारायण राणे
सर्बानंद सोनोवाल
वीरेंद्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
अश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजू
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भूपेंद्र यादव
पुरुषोत्तम रूपाला
जी किशन रेड्डी
अनुराग ठाकुर
पंकज चौधरी
अनुप्रिया पटेल
सत्यपाल सिंह बघेल
राजीव चंद्रशेखर
शोभा करंदलाजे
भानुप्रताप सिंह वर्मा
दर्शना विक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्णा लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बीएल वर्मा
अजय कुमार
देवसिंह चौहान
भगवंत खूबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभाष सरकार
भगवत कृष्ण राव कराड़
राजकुमार रंजन सिंह
भारती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतनु ठाकुर
महेंद्र भाई मुंजापारा
जॉन बारला
एल मुरुगन
नीतीश प्रामाणिक

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ३० बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा