लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल « Khabarhub

लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शनिबार ललितपुर महनगरपालिका – २ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायको बीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानूनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको उनले बताए । देशमा जनता सुखी र मलुक समृद्धी होस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ ।

नेता नेपालले संघीय, प्रदेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सबै जनताले यसको महशुस गर्ने गरी सबै तहले काम गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताए । उनले शंखमुलमा विद्युतीय शवदाह निर्माण गर्ने काम शुरु गरिसकेको जानकारी दिए ।

कार्यक्रममा वडा कार्यालयको भवन निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ३० बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार