डीभी भर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी पाँच कुरा « Khabarhub

डीभी भर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी पाँच कुरा


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो ।

डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

ध्यान दिनुपर्ने खास पाँच कुरा

– डीभी भर्न योग्य हुन शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।

– ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डीभीका लागि अयोग्य हुने सम्भावना रहन्छ । आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्नुहोस् । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्नुहोस् ।

-डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्नुहोस् । अन्यथा पछि झन्झट हुन सक्छ ।

–  आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्नुहोस् । अक्टोबर ६ पछि अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा डीभी भर्ने लिंक उपलब्ध भइसकेको छ ।

– पटक पटक आवेदन भर्ने भूल नगर्नुहोस् ।  यसअतिरिक्त  डीभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएकाले पासपोर्ट बनाउनु भएको छैन भने पासपोर्ट बनाइहाल्नुहोस् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : ४० बजे

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन

चिया बेचेरै परिवारको गुजारा

कपिलवस्तु– दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ