उच्च अदालत दिपायलमा एक वर्षमा ५६६ मुद्दा फर्छ्यौट | Khabarhub Khabarhub

उच्च अदालत दिपायलमा एक वर्षमा ५६६ मुद्दा फर्छ्यौट


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल- उच्च अदालत दिपायलमा गत आर्थिक वर्षमा कूल एक हजार १५ मुद्दा दर्ता भएकामा ५६६ फर्छ्यौट भएका छन् । अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मा सात मुद्दा फर्छ्यौट भएका छन् भने आठ मुद्दा फर्छ्यौट हुँन बाँकी छन् । यसैगरी विभिन्न कागजात अपुग भएका कारण ४०९ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

अंश मुद्दामा २२ परेकामा १३ फर्छ्यौट भएका छन् भने नौ मुद्दा बाँकी, फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ६४ मुद्दा दर्ता भएकामा ३३ फर्छ्यौट भएका छन् भने ३१ मुद्दा बाँकी रहेका जनाइएको छ । यसैगरी रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फर्छ्यौट भएका छन् भने १० फर्छ्यौट हुँन बाँकी छन् ।

वन्यजन्तुलगायतका कसुरमा कुल ४४ मुद्दामा ३३ फैसला भएका छन् भने ११ मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ ।

अदालतको अपहेलना, बालबालिका तथा राजस्व चुहावटमा दर्ता भएका सबै मुद्दा फर्छ्यौट भई न्याय सजायसमेत तोकिसकिएको छ । उच्च अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको बताइएको छ ।

गत आवमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका थिए । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गएका आवमा कूल ८६ दर्ता भएको पाइएको छ । कूल ८६ वटा लागुऔषधका मुद्दा दर्ता भएकामा ४४ वटा फर्छ्यौट भएको र अब ४२ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका रजिष्ट्रार रणबहादुर कटवालले जानकारी दिए । उनका अनुसार दर्ता भएका ती मुद्दामा खैरो हिरोइनदेखि गाँजा तथा चरेससम्मका छन् ।

यसैगरी दोस्रो नम्बरमा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्तीलगायतका करणीसम्बन्धीका मुद्दा कूल १९६ दर्ता भएकामा ९९ मुद्दा फर्छ्यौट भएका छन् भने ९७ फर्छ्यौट हुन बाँकी छन् । तेस्रो नम्बरमा ज्यानसम्बन्धी १६४ मुद्दा दर्ता भएको उनले बताए । उनले भने, ‘उच्च आदालतमा सबैभन्दा बढी लागुऔषधका मुद्दा छन् र तेस्रो नम्बरमा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन्, ज्यानसम्बन्धीका १६४ मुद्दा दर्ता भएकामा ९२ फर्छ्यौट भइसकेका छन्, ७२ बाँकी छन् ।’

अदालतको न्याय सम्पादनलाई चुस्त तथा थप प्रभावकारी बनाइएको कामु मुख्य न्यायाधीश तेजबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘पछिल्लो समय अदालतले समयमै मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेका कारण पीडित भएकाले मुद्दा दर्ता गराउने सङ्ख्या बढेको हो ।’

लागुऔषध नियन्त्रण गर्न यहाँका प्रहरी प्रशासनले लामो समयदेखि प्रयास गरे पनि खुला सीमाका कारण नियन्त्रण तथा रोकथाम गर्नमा समस्या हुँदै आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिममा खैरो हिरोइन, फेन्सिडोल, ब्राउन सुगर तथा गाँजा, चरेसका सेवनकर्ता र ओसारपसार गर्नेको सङ्ख्या अधिक रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : ५२ बजे

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट