दशैँमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ « Khabarhub

दशैँमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई छन् ।

त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ्ग र कैलालीका २९ वर्षिय रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यसैगरि काठमाडौंको कलंकीबाट वर्ष ३९ का नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ३३ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक