ओलीले एमालेलाई निजी कम्पनी बनाउन थालेको अध्यक्ष नेपालको टिप्पणी « Khabarhub

ओलीले एमालेलाई निजी कम्पनी बनाउन थालेको अध्यक्ष नेपालको टिप्पणी


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजि कम्पनीको रुपमा रुपान्तरण हुन थालेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौँमा एमालेका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादी प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेभित्र व्यक्तिबाद प्रवृति हावी भएको भन्दै ओलीले एमालेलाई निजी कम्पनीको बनाउन थालेको टिप्पणी गरे ।

उनले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको तर्क गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताए । नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौती समाजवादीका अगाडि रहेको धारणा राखे ।

समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जिवनमा असहज अवस्था गराई प्रतिनिधिसभा बिघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाए । उनले १० बुँदे सहमति कार्यान्वयन नहुँदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिए ।

समाजवादीले भानुभक्त जोशीलाइ स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : २८ बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो