सलोन साथमा हुँदा खुशी रुबिना « Khabarhub

सलोन साथमा हुँदा खुशी रुबिना


२१ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । आगामी असोज २६ गते फूलपातीमा रिलिज हुने फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ०१ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६