सलोन साथमा हुँदा खुशी रुबिना « Khabarhub

सलोन साथमा हुँदा खुशी रुबिना


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । आगामी असोज २६ गते फूलपातीमा रिलिज हुने फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।

नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ५ : ०१ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो