खसी-बोकाको परीक्षण थालियो, सिङमा हरियो रंग लगाइएका मात्र स्वस्थ « Khabarhub

खसी-बोकाको परीक्षण थालियो, सिङमा हरियो रंग लगाइएका मात्र स्वस्थ


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजबाट काठमाडौँ महानगरका चौपाया बजारका खसी, बोका, भेडा र च्याङ्ग्राको स्वास्थ्य परीक्षण थालिएको छ ।

काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँगको सहकार्यमा परीक्षण तथा अनुगमन थालेको हो ।

परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ् लगाएर परीक्षण थालनी गरेका हुन् ।

‘कलंकी काठमाडौँको ठूलो चौपाया बजार हो । यसलाई व्यवस्थित गरेपछि अन्य ठाउँमा यहाँबाट जाने चौपाया निरोगी पुग्छन्’ वडाध्यक्ष सापकोटाले भने, ‘संघको सहयोगमा हामीले यहाँका धेरै जसो व्यापारी व्यवसाय दर्ता गराएका छौँ, दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ ।’

महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाकाअनुसार पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिन्छ ।

यदि मासु खान योग्य देखियो भने सिंहमा हरियो रङ्ग लगाइन्छ । विरामी भएर खान अयोग्य भेटियो भने सिंङमा रातो रङ्ग लगाइन्छ । आवश्यकताका आधारमा यसरी विरामी भेटिएका चौपायाको नमूना संकलन गरेर परीक्षण पनि हुनेछ ।

महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् ।

महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन हुनेछन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण हुँदैछ ।

सामान्यतया चौपायाको मूल्य माग र आपूर्तिमा निर्भर हुने गरेको छ ।

काठमाडौँ चौपाया खरिद विक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा भन्छन्, ‘यो भण्डारण हुने सामान होइन । आएका चौपाया छिटो पठाउन र मुल्य नबढोस् भन्नेमा हामी सजग छौँ । मूल्य नियन्त्रण सबैको प्रयासबाट सम्भव हुन्छ । हामी चाहन्छौँ, बजार नछिरी सडकमा सवारी आवागमन रोकिने गरी व्यापार नहोस् । सबैलाई घाटा छ ।’

बजारमा टोलीले चौपायाको स्वास्थ्य परीक्षणसँगै व्यापारी र उपभोक्तलाई स्वच्छ र स्वस्थ्य मासुजन्य खाद्यबस्तुको उत्पादन र कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिन सचेतना बढाउने काम गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : २८ बजे

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य