‘लाखे’लाई छानिए दश कलाकार « Khabarhub

‘लाखे’लाई छानिए दश कलाकार


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘लाखे’ का लागि १० कलाकार छनोट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रलाई १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।

‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिनेमध्येबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राममार्फत सार्वजनिक गरिनेछ ।’

फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीका अनुसार २ सय बढीले फिल्मका लागि अडिसन दिएका थिए ।

फिल्मका लागि यसअघि नै सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेका छन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्ममा गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ३० बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको