एमसीसीले नेपाललाई पठायो जवाफ, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्टोक्ति (पूर्णपाठ) « Khabarhub

एमसीसीले नेपाललाई पठायो जवाफ, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको स्पष्टोक्ति (पूर्णपाठ)


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसीलाई विभिन्न ११ वटा प्रश्नसहित एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो ।

एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ । नेपालले सोधेका प्रश्न र त्यसको जवाफ समावेश गरेर एमसीसीले ११ वटै प्रश्नको जवाफ दिएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको संविधानभन्दा माथि नरहेको, त्यसको लेखापरीक्षण नेपालको महालेखा परीक्षणले गर्न पाउने, आन्तरिक सुरक्षा मामिलामा कुनै हस्तक्षेप नहुने जवाफ पठाएको छ । एमसीसीकी उपप्रमुख फातिमा सुमारले अर्थमन्त्री शर्मालाई पत्र लेखेर जवाफ दिएकी हुन् । सुमार विहीबार नेपाल आउँदैछिन् । उनले नेपाल आउनुअघि एमसीसीबारे सोधिएका प्रश्नको जवाफ दिएकी हुन् ।

५०० मिलियन अमेरिकी डलर अनुदानको सो सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर नेपालमा यो सम्झौताबारे राजनीतिक विभाजन हुँदा संसदमा टेबुल भए पनि अनुमोदन हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनकै महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा अनुमोदन नहुने अभिव्यक्ति बुधबारमात्र दिएका छन् । विभिन्न समूहहरुले एमसीसीविरुद्ध प्रदर्शनसमेत गरिरहेका छन् ।

यस्तो छ पूर्ण पाठ

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको