पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ– अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् ।

बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताएका हुन् ।

‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भने, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’

यसैगरी अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध लगाउन नसकिने भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन व्यवसायीहरूलाई आग्रह गरे । ‘आयातलाई प्रतिबन्ध लगाउन आजको जमानामा सम्भव पनि छैन,’ उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनको जोड थियो ।

अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरे । ‘अहिलेको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन तपाईंहरूलाई आग्रह छ,’ उनले भने, ‘जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईंहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचा समेत मन्त्री शर्माले गरे ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : २५ बजे

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो