प्रदेश–२ मा माओवादी केन्द्रको दलको नेतामा साह चयन « Khabarhub

प्रदेश–२ मा माओवादी केन्द्रको दलको नेतामा साह चयन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश–२ मा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टीले शुक्रबार प्रदेश–२ संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको हो ।

सर्वोच्चको फैसलापछि ब्युँउतिएको माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेपछि दलको नयाँ नेताको रुपमा भरतप्रसाद साहलाई चयन गरिएको हो ।

पार्टीको उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह, सचेतकमा रुवी कर्ण चयन भएका छन् । चारैजना नेता सर्वसम्मतले चयन भएका हुन् ।

माओवादी केन्द्रको प्रदेश नम्बर २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादी केन्द्र र एमाले ब्युउँतिएपछि चारजना ओली समूहमा लागेका छन् ।

पार्टीले चारजना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रमा नफर्किएर एमालेतर्फ लागेका चारजना नेतालाई २४ घण्टा भित्रै स्पष्टीकरण सोध्ने पार्टीले निर्णय गरेको हो ।

प्रदेश सभाका सदस्य रामचन्द्र मण्डल, ज्वाला साह, मोहमद समिर अन्सारी, कुन्दन कुशवाहालाई स्पष्टीकरण माग्ने तयारी गरिएको छ ।
उनीहरू पार्टीमा नफर्किए सांसद पदसमेत खारेज गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले संसदीय दलको विधान बनाउनको लागि विधान मस्यौदा समिति समेत गठन गरेको छ ।

समितिको संयोजकमा भरत प्रसाद साह, सदस्यहरूमा जगत यादव र रामकुमार यादव रहेका छन् ।

दलका नेता साह महोत्तरीबाट निर्वाचित भएका हुन् । यादव समानुपातिक सांसद हुन् भने प्रमुख सचेतक साह सिराहबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह यसअघि दलका उपनेता थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना