निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही  | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि कारबाही गरिएको हो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै ती सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको जनाएको छ।

जसमा ७६३ दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठूला सवारी साधन रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने निषेधाज्ञा केही खुकुलो गराउने तयारी गरिएको छ । निषेधाज्ञाकै अवधिमा पछिल्ले समय सडकमा सवारी साधान र मानिसहरुको चहलपहल तथा भिडभाड बढ्न थालेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ४० बजे

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

महोत्तरी– मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध घोषणा

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका