निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही  « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि कारबाही गरिएको हो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै ती सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको जनाएको छ।

जसमा ७६३ दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठूला सवारी साधन रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी जारी छ । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।

त्यसपछि भने निषेधाज्ञा केही खुकुलो गराउने तयारी गरिएको छ । निषेधाज्ञाकै अवधिमा पछिल्ले समय सडकमा सवारी साधान र मानिसहरुको चहलपहल तथा भिडभाड बढ्न थालेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ४ : ४० बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम