नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन « Khabarhub

नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले जफत गर्न निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको बुधबार सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा छापिएका पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाहीको दायरामा ल्याउनुहोस् ।’ त्यस्तै बैठकमा सहभागी शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताए ।

उनका अनुसार यस विषयमा तत्काल अनुगमन गरेर त्यस्ता प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने छ ।

सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै थपलियाले ती प्रकाशक र बिक्रेतामाथि कडा कारबाही हुने बताए । अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनले भने, ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौँ, ती प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छौँ ।’

अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जीके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाईएको छ ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सूचीकृतमा परेका प्रकाशकलाई पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६ देखि ८ को पाठयक्रम स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ५ : २० बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक