सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ (भिडियोसहित) « Khabarhub

सरकारको धारणापछिमात्र आफ्नो धारणा दिने एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ (भिडियोसहित)


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विहीबार नै भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो । बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन् । सो भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए । उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए । उनले सरकारले धारणा बनाएपछि एमालेले पनि आफ्नो धारणा बनाउने जवाफ एमसीसी प्रतिनिधिमण्डललाई दिएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो । तर तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए । अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन् ।

हेरौँ भिडियो

सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्व अडान परिवर्तन गरेका छन् । उनले देउवा सरकारसँग बहुमत छ अनुमोदन गरे भैगो नि भन्ने गरेका छन् ।

नेपालमा रहँदा एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने छ । पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ४ : ३६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड