सत्तारुढ गठबन्धनले एमसीसीबारे धारणा बनाउन सकेन, भोलि फेरि बैठक बस्ने | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनले एमसीसीबारे धारणा बनाउन सकेन, भोलि फेरि बैठक बस्ने


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दलहरुको गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टबारे साझा धारणा बनाउन सकेन । एमीसीकी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको एमसीसी प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आइपुगेको छ ।

शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । सो भेट अगाडि नै गठबन्धनको साझा धारणा बनाउन भन्दैै प्रधानमन्त्री देउवाले बिहीबार बालुवाटारमा बैठक राखेका थिए । तर, सो बैठकले कुनै निस्कर्ष ननिकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सत्ता गठबन्धनका माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न नहुने पक्षमा छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो धारणा सार्वजनिक गरेको छैन । तर, सो पार्टी निकट विद्यार्थी संगठनले भने एमसीसीको विरोध गर्दै आएको छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस भने एमीसी पारित गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनमै एमसीसीबारे समान धारणा नरहेकाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । त्यसैले उनले बिहीबार साझा धारणा बनाउन बैठक बोलाएका थिए । तर, बिहीबारको बैठकमा सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि कुनै निर्णय नगरिएको एक नेताले बताए । उनले एमीसीबारे छलफल भने भएको बताए ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

यस्तै बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे पनि गठबन्धनबीच छलफल भएको छ । तर, मन्त्रिपरिषद कहिले विस्तार हुन्छ भन्ने विषय भने टुंगो लागेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । तर गठबन्धनले यो विषय पनि नटुंग्याएकोले शुक्रबार मन्त्रिपरिषद विस्तार हुने सम्भावना कम रहेको छ । शुक्रबार पनि गठबन्धनको बैठक बस्ने तय भएको छ । सो बैठकपछि एमसीसी र मन्त्रिपरिषद विस्तारबारे निर्णय हुन सक्ने जनाइएको छ ।

बिहीबारको बैठकमा प्रम्ख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेको विषयसमेत छलफल भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ७ : २६ बजे

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा