‘सत्यम’मा पलको जोडी मलिका « Khabarhub

‘सत्यम’मा पलको जोडी मलिका


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’मा अनुबन्धित भएकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा मलिकाले अभिनेता पलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो जोडी गीत ‘फूलबुट्टे सारी’को भिडियोमा रुचाइएका जोडी हुन् ।

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा ‘डेब्यू’ गरेकी मलिकाले प्रदर्शोन्मुख फिल्म ‘पानीफोटो’ मा पनि अभिनय गरेकी छन् ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको ‘सत्यम’मा अनुपविक्रम शाही, अभय बराल, कृष्ण जोशीको पनि अभिनय रहनेछ । यो फिल्ममा अभिनेता हमालको चार फरक लुक्स दर्शकले हेर्न पाउनेछन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा फिल्ममा रेशम सापकोटाको निर्माण र लेखन, गणेश पौडेल एशोसियट निर्माता, श्याम मल्ल र कृष्ण जोशी सह–निर्माता, रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी लाइन प्रोड्युसर, योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । फिल्मको डिओपीमा विदुर पाण्डे ‘नवीन’ छन् ।

आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको इनडोरका महत्वपूर्ण दृश्यहरु पोखरामा निर्माण गरिएको सेटमा छायांकन हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : १६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन