खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन: झाँक्री | Khabarhub Khabarhub

खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन: झाँक्री


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा नेतृ रामकुमारी झाँक्रीले राज्यका खलपात्रका विरुद्ध बोल्नबाट कसैले रोक्न नसक्ने बताएकी छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै झाँक्रीले सार्वभौम नागरिकलाई कसैले रोक्न नसक्ने बताइन् । उनले आफूले राष्ट्रपतिका विरुद्ध बोलेको नभई संविधान विरुद्ध प्रधानमन्त्रीको कदममा साथ दिएकोले प्रवृत्तिको विरोध गरेको जिकिर गरिन् ।

उनले आफ्नो मन्तव्यको ‘बोल्न पाइन्छ’ भन्दै सुरु गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीलाई ‘जङ्गी कागजी बादशाह’ को संज्ञा दिइन् ।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको र आफ्नो शिर रहेको बताइन् । उनले प्रधानमन्त्री ओलीलाई अहंकारी र सनकी व्यक्ति भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तिनै प्रधानमन्त्रीलाई साथ दिएको आरोप लगाइन् ।

उनले खलपात्र विरुद्ध बोल्दा महिला अस्तित्वको विरोध नहुने जिकिर गरिन् । उनले भनिन्, ‘पदको कुनै लिङ्ग हुँदैन । कसले भन्छ खलपात्रविरुद्ध बोल्दा महिला अस्मिताको विरुद्ध हुन्छ ?’

उनले प्रतिनिधिसभा पुनस्र्थापित नभए ‘कानुनमा नलेखिएको प्रधानमन्त्रीको अचम्मको अधिकार मात्रै’ बाँकी रहने बताइन् ।

झाँक्रीले विशाल जनसभामा केपी ओली व्यक्तिको विरोधमात्रै नभई अब उप्रान्त राजनीतिमा ओली प्रवृत्ति नदोहोरिने प्रतिबद्धता जनाउन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आग्रह गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक