खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन: झाँक्री « Khabarhub

खलपात्रका विरुद्ध बोल्न पाइन्छ, पदको लिङ्ग हुँदैन: झाँक्री


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा नेतृ रामकुमारी झाँक्रीले राज्यका खलपात्रका विरुद्ध बोल्नबाट कसैले रोक्न नसक्ने बताएकी छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै झाँक्रीले सार्वभौम नागरिकलाई कसैले रोक्न नसक्ने बताइन् । उनले आफूले राष्ट्रपतिका विरुद्ध बोलेको नभई संविधान विरुद्ध प्रधानमन्त्रीको कदममा साथ दिएकोले प्रवृत्तिको विरोध गरेको जिकिर गरिन् ।

उनले आफ्नो मन्तव्यको ‘बोल्न पाइन्छ’ भन्दै सुरु गरेकी थिइन् । उनले प्रधानमन्त्री ओलीलाई ‘जङ्गी कागजी बादशाह’ को संज्ञा दिइन् ।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको र आफ्नो शिर रहेको बताइन् । उनले प्रधानमन्त्री ओलीलाई अहंकारी र सनकी व्यक्ति भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तिनै प्रधानमन्त्रीलाई साथ दिएको आरोप लगाइन् ।

उनले खलपात्र विरुद्ध बोल्दा महिला अस्तित्वको विरोध नहुने जिकिर गरिन् । उनले भनिन्, ‘पदको कुनै लिङ्ग हुँदैन । कसले भन्छ खलपात्रविरुद्ध बोल्दा महिला अस्मिताको विरुद्ध हुन्छ ?’

उनले प्रतिनिधिसभा पुनस्र्थापित नभए ‘कानुनमा नलेखिएको प्रधानमन्त्रीको अचम्मको अधिकार मात्रै’ बाँकी रहने बताइन् ।

झाँक्रीले विशाल जनसभामा केपी ओली व्यक्तिको विरोधमात्रै नभई अब उप्रान्त राजनीतिमा ओली प्रवृत्ति नदोहोरिने प्रतिबद्धता जनाउन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आग्रह गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : ५३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको