भारतमा एकैदिन सर्वाधिक संक्रमितको मृत्यु, २४ घण्टामा ६ हजार १३८ को मृत्यु « Khabarhub

भारतमा एकैदिन सर्वाधिक संक्रमितको मृत्यु, २४ घण्टामा ६ हजार १३८ को मृत्यु


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।

दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

यसैबीच भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४० बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।