धरहरामा मजदुरसँग राजेश हमालले मनाए जन्मदिन « Khabarhub

धरहरामा मजदुरसँग राजेश हमालले मनाए जन्मदिन


२७ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर त्यहाँका मजदुरमाझ केक काटेर बनाएका छन् । गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा पुगेर हमालले जन्मदिन मनाएका हुन् ।

हमालसँग उनी पत्नी मधु भट्टराई पनि धरहरा पुगेकी थिइन् । हमालले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनी र पत्नीलाई धरहराबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्दै केक काटेको देख्न सकिन्छ ।

हमाल निकट स्रोतका अनुसार उद्घाटन भए पनि अझै निर्माण चरणमा रहेको धरहरा पुगेर त्यहाँका मजदुरलाई हौसला बढाउन जन्मदिनको केक काटिएको हो । धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : २० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन