प्रधानमन्त्री ओलीको मेलम्ची र हेलम्बु अवलोकन (फोटोफिचर) « Khabarhub

प्रधानमन्त्री ओलीको मेलम्ची र हेलम्बु अवलोकन (फोटोफिचर)


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन एवं निरीक्षण गरेका छन् ।

मनसुन शुरू भएसँगै यही असार १ गते आएको बाढीपहिरोले माटोमा मिलाएको मेलम्ची बजार र हेलम्बु क्षेत्रको प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।

हेलिकोप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री ओलीले पीडितहरूका साथै स्थानीय तहका जनप्रतिनिधहरूसँग छलफल गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बाढीपहिरो प्रभावित स्थानीय तहलाई मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराएको सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

समितिले हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गरे । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङलगायत सँगै गएका थिए ।

असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालयबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ३७ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता