कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षाा योजना लागू | Khabarhub Khabarhub

कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षाा योजना लागू


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– चाडपर्वका बेलामा जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बजारदेखि गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारीरूपमा परिचालन गरिएको र अवाञ्छित गतिविधि हुनसक्ने संवेदनशील क्षेत्र पहिचान गरी सादा पोशाकका प्रहरीलाई पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

‘आम नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिनका लागि प्रदेशबाट थप जनशिक्त ल्याएर परिचालन गरेका छौँ’, उनले भने, ‘चौबीसै घण्टा प्रहरीको टोली परिचालित छ ।’ जुवातास र अवैधरूपले ल्याइएका मदिराको कारोबार रोक्नका लागिसमेत सक्रिय भएर काम गरिरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा सुरक्षित यात्राका लागिसमेत प्रहरी टोली परिचालन गरेर यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा लिनेलाई निरुत्साहित गर्नाका साथै मापसे जाँच पनि भइरहेको उनको भनाइ थियो ।

मातहतका प्रहरी युनिटमा नागरिक सहायता कक्ष सञ्चालन गरी नागरिकका गुनासा तथा उजुरीका आधारमा कारबाही गर्न थालिएको र सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरीले चालकलाई सचेत पार्दै आएको छ ।

दशैँ, तिहार र छठपर्वका बेला विगतको तुलनामा पैदल, गाडी र सादा पोशाकमा प्रहरीलाई परिचालन गरी शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ थियो ।

‘सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको व्यवस्था गरी जाँचलाई अगाडि बढाएका छौँ’, उनले भने, ‘गड्डाचौकी र त्रिनगर सीमानाकामा कुकुरसहितका प्रहरीको टोली परिचालन गरिएको छ ।’

भारतबाट अबैधरूपमा ल्याइने विष्फोटक पदार्थ, हातहतियारलगायत सामग्री भित्रिन नदिन सीमा क्षेत्रमा कुकुरसहितको टोली परिचालन गरिएको र बैंक तथा वित्तीय संस्था र सुन–चाँदी पसलको सुरक्षाका लागि सम्बन्धित निकायलाई सचेत पारिएका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

‘सिसीटिभीको व्यवस्थासँगै सुरक्षाको बलियो प्रबन्ध गर्नका लागि बैंक तथा वित्तीय संस्था र सुन, चाँदी पसल सञ्चालकलाई यसअघि नै आग्रह गरेका छौँ’, उनले भने, ‘प्रहरीले पनि ती क्षेत्रमा विशेष निगरानी राख्ने काम गरिरहेको छ । सार्वजनिक सङ्घसंस्थाको सुरक्षाका लागि समेत प्रहरीको टोलीले काम गरिरहेको छ ।’

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : ५९ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता