बदनामी हुने र विवादमा आउने काम नगर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन « Khabarhub

बदनामी हुने र विवादमा आउने काम नगर्न नवनियुक्त मन्त्रीलाई माधव नेपालको निर्देशन


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न पनि उनले निर्देशन दिए । उनले पारदर्शी बन्न र आचारसंहिताको पुर्ण पालना गर्न निर्देशन दिए ।

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसँग बिद्रोह गर्नुपरेको बताए ।

प्रतिनिधिसभा बिघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उनको आरोप छ ।

नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका